मन्त्रीको कार्यसम्पादनमा प्रश्न उठे हेरफेर गरिन्छ – सञ्चारमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२
1.8K
SHARES

१५ साउन काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको संकेत गरेका छन् । आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङ सत्तारूढ दलहरूबीच सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुने बताए ।

“सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन । अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन,”

उनले नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे ।“सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ,” उनले भने ।मन्त्री गुरुङले सत्ता साझेदार दल एमाले र कांग्रेसबीच अहिले नै अविश्वासको अवस्था पैदा नभएको पनि स्पष्ट पारे ।