घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १६ २०८२
3.7K
SHARES
१६ साउन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट