ठूला दलको सरकार भए पनि जनताले अनुभूति गर्न सकेनन् – नेता कोइाराला


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
817
SHARES

१८ साउन काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकारको पनि जनताले अनुभूति गर्न नसकेको बताएका हुन् ।

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको पनि बताए । कोइरालाले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।उनले मुलुकको निर्वाचन प्रणालीका कारण मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए । तर, पनि पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने उनको भनाइ छ ।

कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मानित गरिएको थियो । यसैगरी प्रतिभा तर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मानपत्र प्रदान गरेका छन् ।