आज पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
2.2K
SHARES

१८ साउन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ ।यहीे साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।स्थायी कमिटी बैठकमा शनिबार बोलेका अधिकांश नेताहरूले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

सचिव राम कार्कीले भन नेतृत्व हस्तान्तरणबारे फरक प्रस्ताव प्रस्तुत गरेका थिए । उनले नेतृत्व हस्तान्तरणबारे नयाँ विकल्पमा जान सकिने बताएका थिए ।