एनआईसी एसियाका ४ म्युचुअल फन्डको लाभांश घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.5K
SHARES

१८ साउन काठमाडौं । एनआईसी एसिया क्यापिटलले सञ्चालन गरेको ४ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।क्यापिटल सञ्चालक समितिको आज बजेको बैठकले उक्त आर्थिक वर्षका लागि एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लागि करसहित १०.१० प्रतिशत (१० करोड ३० लाख २० हजार रुपैयाँ), एनआईसी एसिया ब्यालेन्सड् फन्डका लागि ९.९० प्रतिशत (७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एसिया सेलेक्ट–३० (इडेक्स फन्ड)का लागि ८.६५ प्रतिशत (१० कराड ८१ लाख २५ हजार रुपैयाँ) र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका लागि ५.५५ प्रतिशत (७ करोड ९५ लाख ३२ हजार ४१०.८६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी म्युचुअल फन्ड बन्दमुखी योजनाको लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब साउन २८ गतेसम्म कायम इकाइधनीले ती बन्दमुखी म्युचुअल फन्डको लाभांश पाउनेछन्।यी म्युचुअल फन्डमध्ये डाइनामिक डेप्ट फन्ड खुलामुखी योजना हो भने बाँकी सबै बन्दमुखी योजना हुन्।