भोटेकोसी बाढी : बिमा कम्पनीमा ८४ करोड दाबी


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.4K
SHARES

१८ साउन काठमाडौं । गएको असार २३ गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नष्ट गरेको सम्पत्ती बापत बिमा कम्पनीहरूमा ८४ करोडभन्दा धेरैको दाबी परेको छ। बिमा प्राधिकरणका अनुसार बाढीका कारण क्षति भएका सम्पत्ती तथा गाडीहरूको बिमा बापत व्यवसायीले ८४ करोड ८४ लाख रुपैयाँ बिमा दाबी गरेका हुन्।

जसमा हिमालयन एभेष्टमा परेको दाबीमात्रै ५५ करोड रुपैयाँ छ। कुल दाबीको ६४.८२ प्रतिशत भुक्तानी दायित्व हिमालयन एभरेष्ट इन्स्योरेन्सले बेहोर्नुपर्ने देखिएकाे हो।२ वटामात्रै दाबी परेपनि कम्पनीको सबैभन्दा धेरै दाबी भुक्तानी दायित्व देखिएको छ।त्यसैगरि शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख बराबरको १५ वटा बिमा दाबी परेकाे छ भने नेको इन्स्योरेन्समा ५ करोड १२ लाख बराबरको ३ वटा दाबी परेको छ।

यस्तै सगरमाथ लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ बराबरको २ वटा, नेपाल इन्स्योरेन्स १ करो ड६३ लाख बरबारको १४ वटा दाबी पर्दा युनाइटेड अजोडको ९१ लाख बरबारको ३ वटा, आईजीआई प्रुडेन्सियल र सानिमा जीआज्ईसीमा ७५ लाख बराबरको ९ र ६ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बरबाबरको ६ वटा, सिद्धार्थ प्रिमियममा ३१ लाख बराबरको  ७ वटा प्रभु इन्स्योरेन्समा २८ लाख बराबरको ६ वटा दाबी परेका हुन्। प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा धेरै सम्पत्ती बिमामा माग दाबी परेको छ।

सम्पत्ती बिमा बापत बिमा कम्पनीहरूमा ५८ करोड रुपैयाँ बराबरको मागदाबी पर्दा सामुन्द्रिक बिमा अन्तर्गत १६ करोड २५ लाख, इन्जिनियरिङ तथा ठेक्का बिमा तर्फ १६ करोड, मोटर बिमा सार्वजनिक तर्फ २ करोड ९८ लाख र नीजि तर्फ २ करोड १४ लाख रुपैयाँ बराबरको दाबी परेको हो।