प्रधानमन्त्री ओली दुबईमा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १९ २०८२
1.2K
SHARES

१९ साउन दुबई । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताका निम्ति तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयानुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उनलाई यूएईका निम्ति नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत अधिकारीले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार (साउन १८) राति ११ः५५ बजे फ्लाइट दुुबईको उडानबाट दुुबई आएको हो ।

यही साउन २० देखि २३ गते (५ देखि ८ अगस्ट)सम्म अवाजा सहरमा आयोजना गरिने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।