एक वर्षमै ७० अर्ब रुपैयाँले नगद प्रवाह वृद्धि


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
1.1K
SHARES

२० साउन काठमाडौं । गत आर्थिक वर्ष (२०८०/८१) मा नेपालमा नगद प्रवाह ७० अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार मसान्तसम्म बजारमा कुल ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको नगद प्रवाह (सीआईसी) पुगेको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.३० प्रतिशत वृद्धि हो। आर्थिक वर्ष २०७९/८० मा यो रकम ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ मात्र थियो। राष्ट्र बैंकका अनुसार नगद प्रवाह वृद्धि उपभोग, बजारको तरलता अवस्था, तथा मौद्रिक आपूर्तिमा देखिएको विस्तारसँग सम्बन्धित हो।