शेयर बजारमा सामान्य वृद्धि
२१ साउन काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ३५ अंकले बढेर २,८३६ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।आज ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज ङादी ग्र’प पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ग’माएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ३ दशलमव ७८ प्रतिशतका दरले ग’माएका छन् ।