१६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२
1.7K
SHARES

२३ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गरेका छन्। पार्टीनिकट उद्योग व्यवसायीको अधिवेशनलाई सम्बोधन गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने भन्दै व्यंग्य गरे।

उनले भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी होलान्। पुरस्कार दिन बेर छैन। तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन्।’

प्रधानमन्त्री ओलीले विश्व जनसंख्या दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै केही समयअघि २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न आग्रह गरेका थिए।