तल आयो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
3.1K
SHARES

२५ साउन काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च हो। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।