घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
1.8K
SHARES

२६ साउन काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनुको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।