सिद्धार्थ म्युचुअल फन्डका ३ योजनाको आकर्षक लाभांश घोषणा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
1.4K
SHARES

२६ साउन काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ योजनाको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३का इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार करसहित सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई २० प्रतिशत (३० करोड रुपैयाँ), सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीहरुलाई २० प्रतिशत (२४ करोड रुपैयाँ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३का इकाइधनीहरुलाई १७ प्रतिशत (१३ करोड ६९ लाख ८६ हजार रुपैयाँ) नगद लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ।

यी योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति पछि प्रककाशित गरिने क्यापिटलले जनाएको छ। यी म्युचुअल फन्डको कोष प्रवर्द्धकका रुपमा सिद्धार्थ बैंक रहेको छ।