नेप्से २७.९० अंकले घट्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
1.4K
SHARES

२६ साउन काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७.९० अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा बन्द भएको हो । सोमबार कारोबार रकम भने बढेको छ । १० अर्ब २१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबार आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ५३ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड  र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।