तेक्वान्दो निर्णायक कजाकिस्तान प्रस्थान


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
1.1K
SHARES

२६ साउन काठमाडौं । कजाकिस्ताको अस्तानामा हुने कजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जी–१) मा निर्णायकको भूमिका निर्वाह गर्न दुई अन्तर्राष्ट्रिय निर्णायक सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । दुवैजना एसियाली तेक्वान्दो युनियन (एटीयू)बाट छनोट भएको बताइएको छ । खड्गी र विडारी काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन् । खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।