दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
1.5K
SHARES

२९ साउन काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न भइसकेको छ । तर, आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । ।

कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जसमध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।

कम्पनीको आइपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने सोमध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।