कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल चयन


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२
1.6K
SHARES

११ भदौ काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो । सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले जनाएको छ ।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल सँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ। वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकार पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाहरूको सफलता पूर्वक नेतृत्व गरिसकेका छन्।

वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका समेत अध्यक्ष रहेका छन्।