जापानिज इन्सेफलाइटिस : जेठयता २० जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १२ २०८२
3.9K
SHARES

१२  भदौ काठमाडौं । गएको जेठयता देशमा जापानिज इन्सेफलाइटिसका कारण २० जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले भने, “जुलाईमा तीन र अगस्टमा मात्र १७ जनाले जापानिज इन्सेफलाइटिसका कारण ज्यान गुमाएको देखिन्छ ।”तराईमा जापानिज इन्सेफलाइटिसको जोखिम बढी देखिएको उनले बताए । कोसी प्रदेशका झापा, मोरङ र तेह्रथुममा एक/एक गरी तीनजनाले ज्यान गुमाएका छन् ।

यस्तै, मधेसका रौतहट र बारामा दुई/दुई, चितवन र नवलपरासीमा तीन/तीन, अर्घाखाँचीमा एकजनाले जापानिज इन्सेफलाइटिसका कारण ज्यान गुमाएका डा. गौतमले जानकारी दिए ।जापानिज इन्सेफलाइटिसका कारण पश्चिम नवलपरासीमा दुईजनाको मृृत्यु भएको छ । प्युठान, दाङ र बर्दियामा गरी तीनजनाको मृृत्यु भएको छ ।  यसबाट कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्र्ने उनले बताए ।सरकारको प्रयासबाट मात्र यसकोे रोकथाम र नियन्त्रण प्रभावकारी नहुने उनले उल्लेख गरे । व्यक्ति स्वयंले पनि सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए ।उनले भने, “यो रोग सुँगुर र हाँसलाई टोकेका लामखुट्टेले मानिसलाई  टोक्दा सर्छ, मुख्य लामखुट्टेको टोकाईबाट बच्नुपर्र्छ ।”विशेष गरी बिहान र बेलुका लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए ।

गत वर्र्ष देशमा जापानिज इन्सेफलाइटिसका कारण २५ जनाको मृत्यु भएको थियो । बर्खायाममा यो रोग बढी देखा पर्र्ने भएकाले घर वरिपरि सरसफाइ गर्नुपर्ने, खाल्डाखुल्डी पुर्र्नुपर्र्ने, पानी जम्न नदिनेलगायत विषयमा ध्यान दिन उनले सुझाव दिए ।यो रोग लागेका मानिसमध्ये ३० प्रतिशतको मृृत्यु हुने गरेको उनले बताए । डेंगीभन्दा जापानिज इन्सेफलाइटिस जोखिमपूर्ण हुने उनले जानकारी दिए ।