एभरेस्ट बैंकको सीईओमा सुदेश खालिङको निरन्तरता
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २२ २०८२
1.2K
SHARES
२२ भदौ काठमाडौं । एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङले निरन्तरता पाएका छन् ।सीईओ खालिङको चारवर्षे कार्यकाल आउँदो असोज ७ गतेदेखि सकिँदै छ । असोज ८ गतेदेखि लागु हुने गरी पुनः चार वर्षका निम्ति उनलाई नियुक्त गरिएको हो ।
आइतबार (भदौ २२) बसेको सञ्चालक समितिको बैठकबाट आउँदो कार्यकालका निम्ति उनलाई निरन्तरता दिने निर्णय गरिएको बैंकले जनाएको छ ।एउटा बैंकमा एक सीईओले आठ वर्षसम्म नेतृत्व लिन पाउने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट