सिटिजन्स बैंकद्धारा लिडरसिप सेमिनार


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०८२
3.9K
SHARES

२२ भदौ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा–प्रबन्धक तथा कर्मचारीहरूका लागि “इन्स्पायरिङ लिडरसिप एण्ड पर्फरमेन्सस् अचिभिङ बजेट गोल्स एण्ड अपरेसनल सक्सेस” सेमिनार आयोजना गरेको छ। सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरू उपस्थित थिए।

सेमिनारमा बैंकको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा, चालु वर्षका प्राथमिकताहरूमा छलफल र केन्द्र–प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया गरिएको छ। यसअघि मधेश, बागमती र कोशी प्रदेशमा पनि यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो।

बैंकले चालु आर्थिक वर्षमा कर्जा, निक्षेप र खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। कर्जा प्रवाह ११.१५५ बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, निक्षेप संकलन ११.६९५ बढेर २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, र खुद ब्याज आम्दानी ११.२०५ वृद्धि हुँदै ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात ८१.९१५ रहेको छ भने सम्पत्ति प्रतिफल दर ०.५५५ र पुँजी प्रतिफल दर ५.८१५ कायम छ।

बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरु गरेको छ र मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा डिजिटल सेवाहरू प्रदान गर्ने सुविधा ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३१ हजार ग्राहकलाई आधुनिक वित्तीय सेवा दिँदै आएको छ ।