सिभिल अस्पतालको रेकर्डः जेनजी आन्दोलनमा ४५६ जना अस्पताल भर्ना, ६ जनाको मृत्यु, २३ जनाको उपचार जारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२
1.6K
SHARES

२७ भदौ काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालले जेनजी आन्दोलनका क्रममा भएका घाइते र उपचार गराइरहेकाहरूको विवरण सार्वजनिक गरेको छ । अस्पतालका अनुसार अहिले पनि अस्पतालमा २३ जनाको उपचार जारी रहेको छ । भदौ २३ देखि २७ गते बिहान १० बजेसम्म ४५६ जना घाइते बिरामी अस्पतालमा आएको रेकर्ड छ ।

सामान्य उपचारपछि ३६३ जना घर फर्किएका छन् ४४ जनालाई अन्य अस्पताल रेफर गरिएको र ४९ जना अस्पतालमा भर्ना भएका छन् ।यस्तै भर्ना भएका र शल्यक्रिया ४४ जनाको गरिएको छ भने पुन: शल्यक्रिया ७ जनाको भएको छ । अस्पतालको रेकर्ड अनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।