आज पनि बढ्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २६ २०८२
684
SHARES

२६ असोज काठमाडौं । नेपाली बजारमा आज चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ।गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३१ सय २५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ८० रुपैयाँमा किनबेच भएको थियो।