सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २८ २०८२
836
SHARES
२८ असोज काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ।हिजो सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ९५ रुपैयाँले बढेर चाँदी ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट