यो वर्ष राष्ट्र बैंकले तिहारमा सुनको सिक्का वितरण नगर्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२
1.1K
SHARES

२८ असोज काठमाडौं । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक नै गरेको छ ।

महाशाखाका नुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार रुपैयाँ तय भएको छ । प्रतिव्यक्ति १ मात्रै वितरण गरिने भएको छ ।

यस्तै गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजारका दरले एक जनालाई १ संख्या मात्रै दिइने सूचनामा उल्लेख छ । खरिद गर्न आउँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन पनि आग्रह गरिएको छ ।

*नोट यहाँ उल्लेख गरिएको मूल्य २६ गतेको हो ।