आज पनि सुनको भाउले बनायो नयाँ रेकर्ड
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २९ २०८२
3.6K
SHARES
२९ असोज काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम भएको छ।हिजो सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ३ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १०५ रुपैयाँले बढेर चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट