सुनको भाउ २ लाख ५० हजार ९ सय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ३० २०८२
1.7K
SHARES
३० असोज काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।
हिजो सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट