१८ अंकले घटेर बन्द भयो बजार
३० असोज काठमाडौं । सेयरबजार २५ सय विन्दुबाट पनि झरेको छ। नेप्से बिहीबार १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको हो। ७६ लाख कित्ता सेयर बिक्रीपछि कारोबार रकम ३ अर्ब २७ करोडमा समेटिएको छ। यस दिन १९७ वटाको मूल्य घट्दा ४५ वटाको बढेको र ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज बढेकामा हिमालयन पावर पार्टनरको ९.९३ प्रतिशतले उकालो लागे पििन बाँकी सेयरहरु ५.६९ प्रतिशतसम्म मात्र बढेका छन्। यसबाहेक समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ भने बाँकी सेयरहरु ७.३३ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ।
कारोबार रकम पनि सुस्ताउँदै गएको छ। सर्वाधिक कारोबार गरेको मुक्तिनाथ विकास बैंकको १५ करोड, नेपाल पुनर्बीमा १३ करोड र शिवम् सिमेन्टको ११ करोडको खरिदबिक्री भएको छ।