सुनको भाउमा लगातार गिरावट


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
1.2K
SHARES

११ कात्तिक काठमाडौं । सुनको भाउमा लगातार पहिरो गइरहेको छ। नेपाली बजारमा आज फेरि सुनको भाउ तोलामा २९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।