सुनको मूल्य स्थिर


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
1.3K
SHARES

१३ कात्तिक काठमाडौं । नेपाली बजारमा बिहीबार (कात्तिक १३) सुनको मूल्य स्थिर छ । सुन बुधबार (कात्तिक १२)कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।