देवदह मेडिकल कलेजले एनआईसी एसियाका ग्राहकलाई उपचारमा छुट दिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
1.7K
SHARES

१४ कात्तिक काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट प्राप्त हुने भएको छ।यस सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको छ। योसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, साधारण शय्या शुल्कमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, शल्यचिकित्सा उपचारमा १५ प्रतिशत, प्याथोलजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलजिकल सर्भिसहरुमा १५ प्रतिशत (सीटी र एमआरआईबाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।