नेपाल-भारतबीच विद्युत आदानप्रदान र अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सहमति
१९ कार्तिक काठमाडौैं । नेपाल-भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकले विद्युत आदानप्रदान र अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी ७ बुँदे सहमति गरेको छ ।
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर श्री भगवान सहाय बैरवाको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
ठकमा दुवै देशबीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएकाे थियो ।