आज पनि घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
1.2K
SHARES

१९ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २९ सय ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार १५ रुपैयाँमा किनबेच भएको थियो।