नेप्से १२.१७ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
1.2K
SHARES

१९ कार्तिक काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ । बुधबार (कात्तिक १९) नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो ।आज कारोबार रकम घटेको छ । आज ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १४९ कम्पनीको सेयरमूल्य बढेको छ । ९० कम्पनीको सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।आज माबिलुङ इनर्जी, उन्नति सहकार्य लघुवित्त र नेपाल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।आज कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।