आज पनि बढ्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२
1.5K
SHARES

२१ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार १० सय रुपैयाँमा किनबेच भएको थियो।