सुन तोलामै ५ हजार ९ सयले बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०८२
1.2K
SHARES

२७ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७५ सय रुपैयाँमा किनबेच भएको थियो।