५० रुपैयाँ दरका ४२ करोडथान नोट छाप्न सम्झौता


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०८२
1K
SHARES

२७ कात्तिक काठमाडौं । ५० रुपैयाँ दरका ४२ करोडथान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता गरेको छ । उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका निम्ति करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ । ५० दरका ४२ करोडथान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका निम्ति गएको साउन ९ गते बोलपत्र आह्वान गरिएको थियो । उक्त सम्झौताको मूल्य १०,४२२, ५३५.२१ अमेरिकी डलर रहेको राष्ट्र बैंकले जनाएको छ ।

बोलपत्र प्रक्रियामा सहभागी कम्पनीमध्ये न्यूनतम मूल्य प्रस्ताव गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो । बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।