नेप्से स्थिर
२७ कात्तिक काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक स्थिर छ । बिहीबार (कात्तिक २७) नेप्से परिसूचक ०.३१ अंकले बढेर २,५४४.९१ विन्दुमा बन्द भएको हो । बुधबार पनि नेप्से परिसूचक २,५४४ विन्दुमा नै बन्द भएको थियो ।आज कारोबार रकम घटेको छ । तीन अर्ब ४९ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
१२३ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।माबुलिङ इनर्जी, श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, भुगोल इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ ।
हिमालयन पावर पार्टनरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको १६ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।कारोबारमा आएका १३ मध्ये सात समूहको परिसूचक बढेको छ । बाँकी ६ समूहको परिसूचक घटेको छ ।