मुद्रास्फीति १.४७ प्रतिशत


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२
2.9K
SHARES

३० कात्तिक काठमाडौं । गएको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणमा असोजमा मुद्रास्फीति १.४७ रहेको उल्लेख छ । अघिल्लो वर्ष २०८१ को असोज महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो ।

असोज महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ७.२० र ३.४९ प्रतिशत थियो ।  राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत थियो ।