बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
741
SHARES

४ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ५० रुपैयाँमा किनबेच भएको थियो।