प्रभु बैंकको कार्यबाहक सिइओमा निरज लम्साल नियुक्त
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १५ २०८२
1.2K
SHARES
१५ मंसिर काठमाडौं । प्रभु बैंकले निरज लम्साललाई बरिष्ठताको आधारबाट कायम मुकायमको जिम्मेवारी दिएको छ । बैंक संचालक समितिको बैठकले बैंकका सिइओसहित ३ जनालाई अनुसन्धान प्रकृयामा लिइएको हुँदा लम्साललाई कार्यबाहक सिइओको रुपमा जिम्मेवारी दिइएको बैंकका सूचना अधिकृत रविन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमा बैंकको सम्पूर्ण शाखा, कारोवार र नियमित गतिविधिमा यस घटनाले कुनै असर नपर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट