सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२
1K
SHARES

१७ मंसिर काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् ।  हाल बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको चारवर्षे कार्यकाल यही मंसिर २६ बाट सकिँदैछ ।

कँडेलको कार्यकाल सकिनै लाग्दा हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।