ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
१७ मंसिर काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । बैंकको मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तीमा तीनपटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको हो ।योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, योजनाअनुसार बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेवापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ ।
यो योजना मंसिर १५, २०८२ देखि पुस २५, २०८२ सम्म लागु रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम तीनपटक रकमान्तर गरेको हुनपर्ने छ ।
बैंकले बैंक अफ द इयर २०१४, वेष्ट इन्टरनेट बैंक २०१६, वेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेष्ट बैंक ईएसजी नेपाल २०२४, वेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।