तारागाउँ रिजेन्सीले पाँच प्रतिशत नगद लाभांश दिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२
2.3K
SHARES

२३ मंसिर काठमाडौं । तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।  कम्पनीले करसहित पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीसचिव गीता दाहालले जानकारी दिइन् ।

प्रस्तावित लाभांश आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।