सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेवी हिलसाइड रिसोर्टमा २० प्रतिशतसम्म छुट


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२
3K
SHARES

२३ मंसिर काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार काठमाडौंको दक्षिणकालीस्थित चम्पादेवी हिलसाइड रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै एसबीएलएनपीएल टिकट होल्डर्सका निम्ति चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबीएलएनपीएल सिजन–२ सम्म लागु हुने विशेष छुट अफर उपलब्ध गराइएको बैंकले जनाएको छ । यसअन्तर्गत एसबीएलएनपीएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगदबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।