कार्ड प्रयोगमा होशियारी अपनाउन राष्ट्र बैंकको अग्रह


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२
2K
SHARES

२५ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट, क्रेडिट र प्रिपेडजस्ता विद्युतीय कार्ड प्रयोग गर्नुअघि सम्बन्धित सबै विवरण बुझ्न उपभोक्तालाई आग्रह गरेको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले बैंक तथा वित्तीय संस्थाले कार्ड प्रदान गर्दा आवश्यक सबै जानकारी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने जनाएको छ।

एकीकृत निर्देशन, २०८१ अनुसार, कार्डको आवेदनसँगै प्रयोग प्रक्रिया, शुल्क, कारोबार सीमा र सुविधाबारे जानकारी दिनुपर्ने व्यवस्था छ। क्रेडिट कार्डका लागि ब्याजदर तथा ब्याजसम्बन्धी नियमहरू बुझ्नुपर्ने राष्ट्र बैंकले विशेष जोर दिएको छ।राष्ट्र बैंकले आवश्यक जानकारी नलिएर कार्ड प्रयोग गर्नु उपभोक्ताका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएको छ।