प्रचण्ड र माधवले भेटे झलनाथपत्नी चित्रकारलाई
९ पुष काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन् ।
उनीहरूले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी खनालपत्नी चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल डल्लुस्थित निवासमा पुगेका थिए । चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले बताए ।