कपिल शर्मा शो चाँडै बन्द हुदै
१२ माघ काठमाडौँ। सोनी टिभीमा प्रसारण हुने कमेडी शो ‘द कपिल शर्मा शो’ भारतमालगायत नेपालमा पनि चर्चित छ । मानिसहरुलाई कपिल शर्मा र उनको टिमको कमेडी असाध्यै मन पर्छ ।
पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन् । थुप्रै पटक बन्द भएपछि पनि द कपिल शर्मा शोको चर्चा कम भएको छैन । यसैबीच यो कार्यक्रम पुनः बन्द हुन लागेको खबर छ ।
ताजा जानकारीका अनुसार द कपिल शर्मा शोले चाँडै नै दर्शकलाई बाईबाई भन्दै छ । इन्टरटेन्मेन्ट वेब पोर्टल टेलिचक्करको एक रिपोर्टलाई विश्वास गर्ने हो भने द कपिल शर्मा शो बन्द गर्ने योजनामा निर्माण पक्ष रहेको छ । केही समयपछि निर्माताले द कपिल शर्मा शोलाई नयाँ सिजनमार्फत् फिर्ता ल्याउने योजना बुनिरहेका छन् ।