वडा सचिव ४ लाख घुससहित पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
7.2K
SHARES

६ चैक काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा सचिव ४ लाख घुस रकमसहित पक्राउ परेका छन् । महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको हो।

सचिवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट उनलाई पक्राउ गरेको हो ।

उनले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।