कक्षा ६ मा अध्ययनरत दुई छात्राले गोली चलाउँदा तीन घाइते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
4.3K
SHARES

२४ वैशाख एजेन्सी । अमेरिकाको एक विद्यालयमा विद्यार्थीले चलाएको गोलीबाट दुई विद्यार्थी र एकजना कर्मचारी घाइते भएका छन ।

अमेरिकाको सिटी अफ बोइसस्थित इडाहोस्थित रिगबी मिडल स्कुलमा कक्षा ६ मा अध्ययनरत् ११ र १२ वर्षीया बालिकाले गोली चलाउँदा दुईजना विद्यार्थी र एक जान कर्मचारी घाइते भएका हुन ।

घाइते तीनैजनाको अवस्था सामान्य रहेको बताइएको छ। बालिकाले गोली चलाउन सुरु गरेपछि एक शिक्षिकाले बन्दुक खोस्न सफल भएकी थिइन्। त्यसपछि प्रहरी नआएसम्म बालिकाहरुलाई विद्यालयमै राखिएको थियो।

बालिकाहरुले विद्यालयमा बन्दुक ल्याउनु र गोली प्रहार गर्नुको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

अमेरिकाका विद्यालयमा गोली चल्ने घटना धेरै हुने गरेको छ। राष्ट्रपति जो बाइडेनले सर्वसाधरणलाई बन्दुक राख्ने नीतिमा कडाइ गर्ने मत राख्दै आए पनि यसको निराकरण हुन नसकेको बिबिसीले जनाएको छ ।