अश्लिल भिडियो पठाउने दुई जना पक्राउ
१ असाप काठमाडौं। आज सामाजिक सञ्जाल ‘फेसबुक, टिकटक र युट्युवमा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले फरक फरक घटनामा काठमाडौंको डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बाग्लुङका ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरेको हो।
पोडेले एक नाबालिकालाई उनको टाउको जोडेर अश्लिल भिडियोहरु पठाएको आरोप छ। ब्युरोका अनुसार पिडित किशोरीको टाउको, अन्य नग्न शरिरसँग जोडेर पोडेले भिडियो बनाउने गरेका थिए।
रामेन्द्र खड्काले फेसबुक, टिकटक र युट्युव मार्फत ४ जना व्यक्तिको फोटो र भिडियो फोटोसप गरेर अश्लिल बनाइ प्रसारण, प्रकाशन गरेका थिए। उनीहरुमाथि विद्युतीय कारोबार ऐन बिरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए।